2026-07-11 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्याक’भन्ने गलत हो ! मैले सभापतिमा दाबी छाडेको छैन : कोइराला

2021-12-09

मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् । कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने भन्ने समाचारहरू आएको बेला कोइरालाको सचिवालयले उम्मेदवारी कायमै रहेको जनाएको हो।

केही मिडियामा कोइराला सभापतिको उम्मेदवारीबाट ‘ब्याक’भएको समाचारहरू आएका थिए। सचिवालयले भनेको छ, ‘वरिष्ठ नेता पौडेलसँग भेटघाट भएको कुरा सत्य हो, तर कोइरालाले सभापतिमा पौडेललाई सघाउने भन्ने सत्य होइन।’

अहिले पनि देशभरका नेता कार्यकर्ताले सभापतिमा साझा उम्मेदवारको रूपमा आउन शेखरलाई आग्रह गरिरहेको सचिवालयले जनाएको छ। कांग्रेसको संस्थापन इतरमा सभापतिको साझा उम्मेदवार बनाउन पछिल्लो तीन दिनयता निकै रस्साकस्सी चलिरहेको छ। तर, नेताहरू सहमतिमा पुग्न सकेका छैनन्।

यही विषयमा कोइराला पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्न उनको निवास बोहराटार पुगेको बताइएको छ। कोइरालाले आफूलाई ‘आशीर्वाद दिन’ पौडेलसँग आग्रह गरेको पनि बुझिएको छ। त्यसक्रममा शेखरले आफू साझा उम्मेदवार बनाउन सकिन्छ भने सहमतिका लागि अझै पनि तयार रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या