2026-07-11 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ दल घोषणा गर्दै त्रिपाठी

2021-12-10

मंसिर २४, काठमाडौं | पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी आउँदो साता आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा जुटेका छन्।

उनले मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्ने तयारी रहेको बताए। नयाँ पार्टीको नाम चाहिँ ‘जनता प्रगतिशील पार्टी-नेपाल’ हुने जानकारी त्रिपाठीले दिए। ‘पार्टीको राजनीतिक दस्ताबेज तयार गरिँदैछ,’ त्रिपाठीले भने, ‘आउँदो मङ्सिर २८ का दिन पार्टीको नाम र राजनीतिक दस्ताबेज सार्वजनिक गर्दैछौं।’

अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन्। नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले बताए। आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने उनले जानकारी दिए। तर, उनको पार्टीमा सामेल हुने नेताहरूका नाम चाहिँ खुलाएका छैनन्।

बहुदल पुन:स्‍थापना यता मधेसवादी पार्टी राजनीतिमा संलग्न त्रिपाठीले २०७४ को चुनावमा भने एमाले चिन्ह प्रयोग गर्दै चुनावी मैदानमा होमिएका थिए। त्रिपाठी बहुदलपछि निरन्तर सांसद हुँदै आएका छन्। गएको संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्हबाट सांसद बने पनि उनी आफूलाई ‘स्वतन्त्र सांसद’ भन्न रुचाउँथे। पूर्ववर्ती एमाले सरकारका बेला पनि मन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या