२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेललाई निधिको फोन : के भयो कुराकानी ?

२०७८, २४ मंसिर शुक्रबार ०६:३६

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्। आज शुक्रबार दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर नै आउन आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। निधिले फोनमा उद्घाटनमा आउनुहोस् भनेर फोन गरेको प्रेस सल्लाहकार दाहालले बताए। उहाँले म आउँछु भन्नु भएको छ, प्रेस सल्लाहकार दाहालले भने।

त्यस्तै पौडेले पक्षका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहोराटार पुगेका छन्। केही घण्टामा नै कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम सुरु हुँदै छ।

तर सभापति पदमा सभापतिका आकाङ्क्षी रहेका वरिष्ठ नेता पौडेल के गर्ने भन्ने विषयमा अझै अन्योल नै छन्। नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेदवार दाबी गरेपछि पौडेल अन्योलमा परेका हुन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ