2026-07-11 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईमा फेरि ज्वालामुखी विस्फोट हुन सक्छ : ठाकुर

2021-12-10

मंसिर २४, काठमाडौं | लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा ठाकुरले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको बताए। उनले सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरे।

नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए। उनले भने, ‘संविधानमा हाम्रा केही असन्तुष्टिहरु छन्। निर्वाचित हाम्रा सांसदहरु जेलमा छन्। क्रान्तिको लागि भएको आन्दोलनको छिनोफानो राजनीतिकरुपले हुनपर्छ भन्ने हाम्रो माग हो। हाम्रा माग सम्बोधन नहुने हो भने ज्वालामुखीजस्तै विष्फोट हुन्छौं।’

ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताए। उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताए। ‘राजनीतिक दलले सरकार बनाउने हाम्रो व्यवस्था भएकाले दलभित्र अस्थिरता हुँदा त्यसको प्रभाव सरकारमा पनि पर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या