2026-07-11 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामन्त्रीमा खाँण र शर्माले पाएनन् देउवाको साथ !

2021-12-11

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ। आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ।

पौडेल-कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो। अहिले दुवै पक्ष आ-आफ्नो प्यानल बनाउन लागिपरेका छन्। पदाधिकारी टुंगो लगाउन सबैभन्दा सकस सभापति शेरबहादुर देउवालाई परेको छ। कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि उनलाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो।

काँग्रेसको संस्थापन पक्षमा बालकृष्ण खाँणको संगठन मजबुत मानिन्छ। त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माको लोकप्रियता पनि धेरै छ। तर, १४औं महाधिवेशनमा खाँण र शर्मा दुवै संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएका छन्। देउवाले डा. प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या