२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको टिममा !

२०७८, २५ मंसिर शनिबार १२:०६

मंसिर २५,काठमाडौं | नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराउँदै छन्। स्रोतका अनुसार उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्। सिंहले सभापतिमा उम्मेदवारी दिइसकेका छन्।

लामो समयदेखि सभापति शेरबहादुर देउवाको समूहमा रहँदै आएका शर्माले गत भदौमै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। उम्मेदवारी दर्ता गरेपछि मात्रै आफ्नो सभापति खुलाउने उनको तयारी थियो। उनलाई शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो। तर, अन्तिममा त्यो कसरत सफल भएन।

उम्मेदवारी दर्ता गर्न जानुअघि शर्माले महाधिवेशनपछि बदलिएको काँग्रेस, बलियो काँग्रेस हुने बताए। यद्यपि प्यानलबारे विश्वप्रकाश शर्माले भने केही भनेका छैनन्। उनले पहिले उम्मेदवारी दर्ता गर्ने अनि मात्रै सभापतिका बारेमा केही जानकारी गराउने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु