2026-07-11 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रलाई फेरि क्रान्तिकारी पार्टी बनाइछाड्छौं ! प्रचण्ड !

2021-12-11

मंसिर २५,काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन्। शनिवार प्रदेश सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने बताए। पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न आफैलाई रूपान्तरण जरुरी रहेको उनको भनाई छ।

‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ। उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको दाबी गरे। उनले आफूहरू मिसन भड्किएका यात्री जस्ता भएको टिप्पणी पनि गरे।

‘हामी कहीँ न कहीँ उद्देश्यबाट विचलित हुन थालेका हौं कि ? जनयुद्धका बेला जनताका माझमा गरेको प्रतिवद्धता गरेका थियौं। हामीले जे भनेका थियौं, त्यही बाटो हिँडिरहेका छौं त? या हामीले जनतालाई विस्तारै विस्तारै उनीहरूका सपना शहीदहरूका सपना वेपत्ताका त्याग तपस्या पूरा गर्ने तर्फ हामी अगाडि बढेका छौं त?,’ उनले भने, ‘या हामी पनि विस्तारै विस्तारै बुर्जुवा पार्टीको जस्तै भित्र भित्रै गुट बनाउँदै जान थालेका छौं त। हामी कहीँ न कहीँ समस्या देखिएको छ। कहीँ न कहीँ हामी बाटो बिराए जस्तो भएका छौं। हामी कहीँ न कहीँ हाम्रो मिसनमा भड्किएका यात्री जस्ता भएका छौं।’

उनले संसदीय राजनीतिमा जाँदा कहीँ न कहीँ धुलो मैलो लागेको स्वीकार गरे। ‘हामी केही न केही विचारमा अस्पष्ट त भएका छौं। हामीभित्र अराजकता बढ्दै गएको छ,’ उनले भने, ‘तर आजको राष्ट्रिय सन्दर्भ हेर्दा हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले फेरि राष्ट्रिय एकतालाई अगाडि बढाउन सक्छ। यो महान आन्दोलनको नेतृत्व गर्ने पार्टी नै हाम्रो हो। हामीले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीको रूपमा समाजवादी आन्दोलनलाई विकास गरेर विश्वलाई समाजवादी अभियान दिनुपर्छ। अरू कुनै पनि पार्टीले गर्न सक्दैन।’

उनले एमालेलाई पञ्चर्यालीको संज्ञा दिँदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताए। ‘केही समयअघि तपाईंले देख्नुभयो नि! एमालेको महाधिवेशनलाई म पञ्च र्‍याली भन्दा केही देख्दिन। तपाईंले देख्नुभयो त्यहाँ न विचारको बहस भयो। न त देश बनाउने बहस भयो। खाली त्यहाँ व्यक्ति पूजा गरियो। सिद्धान्त हीनताको प्रदर्शन गरियो। मार्क्सवादको म पनि उच्चारण भएन। समाजवादको स पनि उच्चारण भएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या