2026-07-11 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले स्थायी कमिटीमा परेनन् भीम रावल !

2021-12-12

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीकाे बैठकले साे कमिटीकाे गठन गरेकाे हाे।

स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेलदेखि हिक्मत कार्कीसम्मकाे नाम समेटिएकाे छ। तर महाधिवेशनमा अध्यक्ष पदमा उठेर केपी शर्मा ओलीसँग पराजित भएका तत्कालीन उपाध्यक्ष भीम रावल भने स्थायी कमिटीमा परेका छैनन्। यद्यपि, स्थायी कमिटी सदस्यमा उनकाे नाम पनि चर्चामा थियाे। बैठकमा नेकपा एमालेका सचिव याेगेश भट्टराईले भीम रावललाई स्थायी  कमिटी सदस्यमा समेटेर अगाडि कढ्न आग्रह गरेका थिए। तर ४५ सदस्यकाे नामावली सूचीमा रावलकाे नाम अटाइएकाे छैन।

स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी रहेका छन्।

त्यस्तै नेताहरु पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल रहेका छन्।

त्यस्तै विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्वाहाम्फे, हिक्मत कार्की स्थायी कमिटीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो