2026-07-11 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र संसदीय दलको बैठक सकियो, के भए निर्णय ?

2021-12-14

मंसिर २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्णय गर्दै सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकले राष्ट्रियसभा दलका प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ।

त्यस्तै, २१ सदस्यीय संसदीय बोर्डको गठन गरेको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका विषयको जवाफ दिएका थिए। उनले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। बैठकले सर्वदलीय बैठक बस्ने र संसदको गतिरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ।

संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो। संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का दुबै सदनको पहिलो बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ। पहिलो बैठकमा दुबै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो