2026-07-11 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्री डा. रिजालले बुझाए राजीनामा पत्र

2021-12-16

पुस १, काठमाडौँ | रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका हुन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका थिए।

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिएका डा. रिजालले मतगणनाको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गरेका थिए। राजिनामा बुझाएपछि उनले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। पत्रकार सम्मेलनमा उनले आफू राजनीतिक जीवनमा रहने वा नरहनेबारेमा अझै निर्णय गरिनसकेको बताए।

उनले भने, ‘म राजनीतिको हारेको थाकेको सिपाही होइन। सार्वजनिक जीवनमा रहन्छु तर राजनीतिमा मेरो भूमिकाबारे अझै निर्णय गरिसकेको छैन।’ आफू शशांक कोइरालाको सिफारिसबाट रक्षामन्त्री बनेको र पार्टी महाधिवेशनमा पराजित भएपछि त्यही प्रश्न आउन सक्छ भनेर राजीनामा दिएको बताए।

आफू आफ्नो आदर्शमा अडिग रहेको उनले बताए। आउँदा दिनमा फेरि पार्टी, आफ्ना मतदाता र जनताका अघि ठिंग उभिनका लागि रक्षामन्त्रीबाट राजीनामा दिएको रिजालको भनाई छ। ‘तर शेखर कोइरालालाई समर्थन मैले कुनै लेनदेनमा गरेको होइन। कुनै बेला शशांकलाई अनि रामचन्द्र जीहरूलाई पनि उम्मेदवार बनाएर लैजानुपर्छ भन्ने पनि सोचेको हुँ,’ उनले भने ‘मैले कसैसँग केही भाग खोसेको होइन। त्यो मेरो स्वविवेकको निर्णय थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै