2026-06-16 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजनामा ‘एकीकृत समाजवादी’

2021-12-21

पुस ६, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो।

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ। कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्।

उनी झापादेखि डडेलधुरासम्म हुने पार्टी कार्यक्रममा आफैं गइरहेका छन्।  काठमाडौँमा हुने ससाना कार्यक्रममा पनि अध्यक्ष नेपाल स्वयं सहभागी भएर नेताकार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्। सोही पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नै पहिलो स्रोत भएकाले त्यहींका नेताकार्यकर्तालाई पार्टीमा तान्नुलाई प्राथमिकता दिइएको बताए।

‘एमालेबाट विद्रोह गरेका नेताहरू नै संगठन निर्माणमा लाग्नुभएको छ। उहाँहरूले नै संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नुभएको छ,’ उपमहासचिव खतिवडाले भने। उनका अनुसार नयाँ युवा पनि पार्टीमा आइरहेका छन् तर एमालेकै नेताहरू भने बढी नै एकीकृत समाजवादीमा संगठित भएका छन्। अहिले देशव्यापी रूपमा प्रशिक्षणको कार्यक्रम चलिरहेको सो पार्टीले जनाएको छ। तीन प्रदेशमा प्रशिक्षण कार्यक्रम सकिएको छ। चौथो चरणमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भइसकेको छ। धेरैजसो नगरपालिका, जिल्ला, प्रदेश र सम्पर्क कमिटी बनिसकेका छन्।

प्रवक्ता खतिवडाका अनुसार मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन्। जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्। काठमाडौं जिल्लाले पनि पुस २० गतेभित्र संगठन अभियान टोली निर्माण सम्पन्न गरिसक्नेगरी कार्यक्रम तय गरिसकेको छ। सो अभियानअन्तर्गत माघ २ देखि सुरु गरेर पहिलो चरणको अभियान फागुन २ मा सक्नेगरी प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलीमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने योजना बनाइएको छ।

जिल्ला कमिटीका सदस्यमध्येबाट प्रत्येक क्षेत्रमा दुईजनालाई खाजा, खाना, फोन रिचार्जबापत १० हजार प्रदान गर्ने गरी अभियान अवधिभरिका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य बनाउने योजना एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले जनाएको छ।

यो क्रम सबै जिल्लामा लागु हुने सो पार्टीले जनाएको छ। एकीकृत समाजवादीले सबै कमिटीको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियानपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्ने योजना अघि बढाएको छ। पार्टी सम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठन निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाउने योजना बनाइएको छ। विगतमा ओलीले विधिपद्धतिका आधारमा भन्दा पनि व्यक्तिगत चाहनाका आधारमा स्वेच्छाचारी ढंगले पार्टी चलाउने गरेको भन्दै एमालेबाट विभाजित भएपछि नेता नेपाल एकीकृत समाजवादी गठन गरेर एमालेकै कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन लागिपरेका हुन्।

सोही अभियान लिएर अध्यक्ष नेपाल देश दौडाहामा लागेका छन्। उनले असोज, कात्तिक र मंसिरमा देशभरिका नेता कार्यकर्तासँग संगठन निर्माणकै विषयमा छलफल गरे। त्यति मात्र होइन, देशभर हुने सभामा पनि अध्यक्ष नेपाल आफैं पुग्ने गरेका छन्।

‘एकीकृत समाजवादीले आयोजना गरेका साना वा ठूला जुनसुकै कार्यक्रम भए पनि माधव नेपालकै आवश्यकता महसुस गरेर बोलाउने गरिएको छ। त्यही भएर उहाँ जाने गर्नुभएको हो,’ स्थायी कमिटीका एक सदस्यले भने। संगठन निर्माणका क्रममा एकीकृत समाजवादीका केन्द्रीय नेताहरूले एमालेलाई गाली गर्दै आफूहरूले गठन गरेको पार्टीको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन्। अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको कारणबाट आफ्ना भाषण सुरु गरेर अन्तिममा केपी ओलीलाई गाली गरेर टुंग्याउने गरेका छन्।

‘धेरैजसो समय विद्रोहको औचित्य पुष्टि गर्दैमा बितेको छ। एमालेका धेरै नेताकार्यकर्ता हामीले किन अर्को पार्टी बनाउनुर्पयो भनेर बुझेका छन्, एमालेमा आएको विचलन, संविधानमाथिको कुठराघात, व्यक्तिवादी प्रवृत्ति, स्वेच्छाचारिता यी सबै हाम्रो विद्रोहका कारण हुन्,’ पार्टी प्रवक्ता खतिवडाले भने। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ