२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र मिश्रले निष्कासन गरे मिलन पाण्डेलाई

२०७८, ६ पुष मंगलवार १०:०९

पुस ६, काठमाडौँ | विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको हो। सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको मिश्रले विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

पार्टीको नाम र लेटरहेड, छाप प्रयोग गरेमा पाण्डेलाई कारबाही प्रक्रिया अगाडि बढाउने मिश्रले चेतावनीसमेत दिएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ ९३१/१० को अधिकार प्रयोग गर्दै पाण्डेलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ। पाण्डे पक्षले भने आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की