2026-07-11 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसकाे अधिवेशनस्थल तनावग्रस्त : दुई पक्षबीच कुटाकुट

2021-12-22

पुस ७, काठमाडौँ | राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नाराबाजी गर्न थालेपछि प्रदेश २ मा आज सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको छ।

प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्को प्यानल प्रतिस्पर्धामा छन्। बिहानदेखि सुरु हुनुपर्ने मतदान ढिलो भएपछि निधि समूहका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए। निधि समूहले राति चुनाव गर्न पाइँदैन भनेर नाराबाजी थालेपछि जसरी पनि चुनाव हुनै पर्छ भन्दै देउवा पक्षधर नेता कार्यकर्ता पनि नाराबाजीमै उत्रिका थिए। दुवै पक्ष एकअर्काविरुद्ध चर्का र अश्लील नाराबाजीमा उत्रिएनन् मात्र, कुटाकुटमै सक्रीय भए।

महाधिवेशनको सुरक्षमा खटिएका सुरक्षाकर्मीले उनीहरुको झडप नियन्त्रणमा लिन सक्ने स्थिति थिएन। चर्को नाराबाजीसहित झडप भइरह्यो। अहिले पनि महाधिवेशनस्थल रणमैदानमा परिणत भएको छ। केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ