२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउन सक्छ’

२०७८, ८ पुष बिहीबार १०:२०

पुस ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनावश्यक दबाब नदिने पनि बताए। उनले एमसीसीको विषय प्रधानमन्त्री देउवाले बुझेको र अनावश्यक रूपमा दबाब नदिने आशा व्यक्त गरे।

‘हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो। बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने (एमसीसीबारे) कि भन्ने थियो। हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो। प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन,’ उनले भने।

तर, प्रचण्डले अमेरिकी परियोजना एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउन सक्नेतर्फ भने सचेत हुनपर्ने बताए। उनले अझै दलहरु र राष्ट्रिय रुपमा पनि समझदारी बनाएर मात्रै एमसीसी अगाडि बढाउन सकिने पनि बताए। ‘एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउँछ। त्यही भएर हामीले बनाएको कार्यदलले त्रुटी अध्ययन गरिरहेको छ,’ प्रचण्डले भने, ‘एमसीसीले समय लियो नै भने पनि अझै केही सुधारको गुञ्जायस छ। त्यस्तो भयो भने मानौं अफ्ठ्यारो नै पर्यो भने पनि एमसीसीकै कारण गठबन्धन टुट्दैन। फुट्नु पनि हुँदैन, फुट्न दिनु पनि हुँदैन। म त्यस्तो हुन दिन्नँ।’

उनले एमसीसी सैन्य रणनीतिको अंग हो भन्ने कुरा आएकाले यसमा प्रष्ट नभएसम्म अघि बढ्न नसक्ने बताए। ‘एमसीसी सैन्य रणनीतिको अंग हो भन्ने भयो। यो विषयमा जहाँनिर त्रुटी भएका छन्। पहिलो सहमतिबाट अर्को सहमतिमा किन लगियो प्रष्ट पार्यनुपर्छ। जुन जुन प्रावधानले नेपाललाई अफ्ठ्यारो पारेका छन् तिनको संशोधन गरौं।’

प्रचण्डले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनपछि एमसीसीका विषयमा छलफल हुने पनि बताए। ‘प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा मेरो कुराकानी भएको थियो। हाम्रो माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु