2026-07-11 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख १४ गते स्थानीय निकायको निर्वाचनको प्रस्ताव

पुस ९, काठमाडौँ | निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएको हो ।

पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वैशाख २२ गते बिहीबारका दिन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

आयोगले गरेको प्रस्ताव र सम्पादन गरेका कामलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताउनुभएको थियो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचमा भोटिङ मेशिनको प्रयोग गर्ने सन्दर्भमा कुराकानी भएको थियो । प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलका आधारमा सबै क्षत्रेमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रमा भोटिङ मेशिन प्रयोग गर्दै जाने बताउनुभएको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ । छलफलमा आयोगका पदाधिकारीको सहभागिता थियो । सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्यसचिव, गृह र अर्थ सचिवको उपस्थिति थियो ।

आयोगका अनुसार आजसम्म कूल पाँच लाख ७७ हजार ६६९ नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय यही पुस २० गतेसम्म रहेको छ । आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ