2026-07-11 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सत्ता गठबन्धन भत्काउने षडयन्त्रमा छ : प्रचण्ड

2021-12-25

पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी परिमार्जन विना पारित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले परिमार्जन नगरी एमसीसी स्वीकार्न नसकिने स्पष्ट पारे।

‘अनुदानको रकम फिर्ता जावस् भन्ने पक्षमा हामी छैनौं। तर परिमार्जन विना स्वीकार गर्ने पक्षमा हामी छैनौं। अमेरिकीहरूसँग मेरो कुरा भइराखेको छ। मैले विना परिमार्जन सम्भव छैन भनिरहेको छु,’ उनले भने। प्रचण्डले पाँच दलीय गठबन्धन टुटाउने एमाले षडयन्त्रलाई असफल बनाउन र बलियो एकता निर्माण गर्नेतर्फ आफूहरू केन्द्रित रहेको बताए।

‘एमाले यो गठबन्धन टुटाउन जे पनि गर्ने भनेर वक्तव्यबाजी गरिरहेको छ। हामी मजबुत एकता बनाउने गरी मिहिनेत गरिरहेका छौं,’ उनले भने। एमाले अझै पनि प्रतिगमनतर्फ उन्मुख भएकाले उसले प्रतिनिधिसभामा अवरोध कायम राखेको प्रचण्डको आरोप छ। ‘एमाले गुटले दिनदिनै अवरुद्ध गरेको छ। संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगले त्यो छुट नदिए पनि प्रतिनिधिसभा काम छैन भन्ने साबित गराउन सदन चल्न दिएको छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ