2026-07-11 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ जिम्मेवारीबाट उत्साह र डर दुवै छ : गगन थापा

2021-12-25

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ जिम्मेवारीबाट आफूलाई उत्साह र डर दुवै रहेको बताएका छन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापाले जिम्मेवारी फेरिएकोले उत्साह र डर दुवै रहेको बताएका हुन्।

‘केन्द्रीय समितिमा मेरो यो तेस्रो कार्यकाल हो,’ पहिलो केन्द्रीय समितिको बैठकपछि थापाले भने, ‘अहिले जिम्मेवारी फेरिएको छ। गह्रुंगो जिम्मेवारी पूरा गर्न उत्साह र डर दुवै लागिरहेको छ।’

महामन्त्रीको जिम्मेवारीपूर्ण हैसियतमा पार्टीलाई एक ढिक्का बनाएर विधानपूर्वक सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए।

‘हामी दुईजना महामन्त्री छौं। पार्टीलाई विधानपूर्वक सञ्चालन गराउने मुख्य अभिभारा हाम्रो हो,’ थापाले भने, ‘यसका लागि कुनै कसर बाँकी राख्दैनौं।’

शनिबारदेखि औपचारिक रूपमा काम सुरू भएको भन्दै देशभर कांग्रेसलाई मजबुत बनाउन गहनताका साथ छलफल अगाडि बढाइने उनले बताए।

‘आजबाट औपचारिक रूपमा काम सुरू भएको छ। केन्द्रीय समितिको पहिलो बैठक पनि सकिएको छ,’ उनले भने, ‘आजैबाट हामी पदाधिकारीहरू छलफलमा जुटिरहेका छौं। देशभर देखिएको उत्साहलाई थप ऊर्जा दिन र तल्लो समितिलाई जिम्मेवारी दिने विषयमा कुराकानी सुरू गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ