१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् माओवादी केन्द्रबाट छानिएका राष्ट्रिय सभा सदस्यका उम्मेदवार

२० पुष २०७८, मंगलवार ०८:३७

पुस २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

जसअनुसार प्रचण्डले मोरङकी उर्मिला अर्याललाई प्रदेश २ मा, गण्डकीमा सुरेश आलेमगर र भरत सुनारको नाम टुंगो लगाएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनका अनुुसार आले अन्य कोटा र सुनार दलित कोटाबाट उम्मेदवार बनेका हुन्।

यस्तै कर्णाली अपांग तथा अल्पसंख्यकबाट सुर्खेत नरबहादुर विष्ट र दलितबाटै सुदूरपश्चिमबाट जगत पार्कीलाई उम्मेदवार बनाइएको छ। एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन्।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो। जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए। फेरि उनैलाई दोर्होयाउन थालिएको हो। तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का