पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका हुन्।
१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जना मात्रै निर्वाचित भएका छन् ।
सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।