१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

२३ पुष २०७८, शुक्रबार ०७:१२

पुस २३,काठमाडौँ | बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ। सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन्।

बैठकमा सरकार सञ्चालनमा परेका समस्याका साथै आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल भइरहेको बताइएको छ। समितिको बिहीबार बसेको बैठकमा नेता रामचन्द्र पौडेलले संसदको अवरोध हटाउने, अदालतको समस्यामा समाधान खोज्नुपर्ने लगायतका १६ बुँदे सुझाव पेश गरेका थिए।

सोही सुझावमाथि आज छलफल सुरु भएको नेताहरुले बताएका छन्। त्यस्तै पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद अवरोध खुलाउने विषयमा छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव