१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री पाैडेलको निर्देशन : १५/१५ दिनमा कार्यसम्पादन रिर्पोट बुझाउनुस्

२३ पुष २०७८, शुक्रबार १२:२३

पुस २३, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनमा कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५–१५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका हुन्।

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्किने गरी काम हुनप¥यो, होइन भने कारण चाहियो ।’ मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन दिए। ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिइरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’

उनले शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिए। ‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुप¥यो। फिर्ता हुँदा सन्देश राम्रो जाँदैन ।’

मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए। ‘कमाण्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्या छन् भने सचिवमार्फत् ल्याउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव