२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीले सामाजिक न्याय प्रदान गर्छ : मन्त्री भुसाल

२४ पुष २०७८, शनिबार ११:२५

पुस २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा रहेका विभिन्न किसिमका सहकारीले समाजमा रहेका मानिसबीच समानताका साथै सामुहिक न्यायसमेत प्रदान गर्ने बताउनुभएको छ । 

ललितपुर महानगरपालिकाका वडा नं १२ प्रयागपोखरीमा २०५७ सालदेखि सञ्चालित रहेको श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ आँै वार्षिक साधारण सभाको उद्घाटन गर्दै आज उहाँले सहकारीले उच्चदेखि मध्य हुँदै निम्न वर्गका मानिसलाई समेत एकैतवरले समेटेर लैजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले छरिएर रहेको पुँजीको सानो अंशलाई एकत्रित गरेर उद्यमशील बनाउनाका साथै न्यून आय भएका व्यक्तिलाई सरल र सुलभ ढङ्गमा उनीहरुको आर्थिक जीवन तथा सामाजिक अवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्नेछ ।” मुलुकमा चालु रहेका सहकारीको सहयोगमा व्यवसाय अघि बढाउन रकम नहुने व्यक्तिले समेत रकम लिएर नयाँ कामको थालनी गर्न पाउने उहाँले बताउनुभयो ।

सहकारीले मुलुकको अर्थतन्त्र बढावा गर्नाका साथै सामुहिक न्यायमा जाने पहिलो खम्बासमेत रहेको मन्त्री भुषालको भनाइ थियो । “सहकारीले हरेक मानिसमा बचत गर्ने बानीको विकास गर्नेछ”, उहाँले भन्नुभयो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकामा रहेका सहकारीलाई समय सापेक्ष तथा थप गतिशिल बनाउँदै लैजाने बताउनुभयो । ज्यापू समाजका प्रथम महिला उपाध्यक्ष सविना महर्जनले सहकारी भनेको सामुहिक असमानता हटाउने माध्यम रहेको धारणा राख्दै सोमा रहेका सबलका साथै दुर्बल पक्षलाई समेत अन्दाज गर्न जरुरी रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष तीर्थलाल महर्जनले सो सहकारीमा कूल एक हजार आठ सय ३० सदस्य रहेका जानकारी गराउँदै आफूहरुले ‘आधारभूत सहकारी शिक्षा’शिर्षक अन्तर्गत १८ जनालाई तालिम दिनाका साथै सहकारीमा आबद्ध रहेका परिवाकारका बालबालिका जसले दशजोड दुई उत्तिर्ण गर्दा उत्कृष्ठ नतिजा हासिल गरेका छन् तीमध्येका पाँचलाई सम्मानसमेत गरी अध्ययन गर्ने बानीको विकास गराएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा ७८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई जनही रु तीन हजार र यस वर्ष मृत्यु भएका ११ सदस्यका परिवारलाई किरिया अर्थात् ‘बिचा’खर्चका साथै छ सुत्केरीलाई समेत रु पाँच हजारका दरले नगद प्रदान गरिएको थियो । 

यसैगरी कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा उत्कृष्ठ तीन ऋणीलाई सम्मान गर्नाका साथै ज्येष्ठ सदस्यलाई हरेक दशैं अर्थात् ‘मोहनीपर्व’मा घरघर पुगेर रु एक हजार खर्च प्रदान गर्ने गरेको बताइएको थियो । कार्यक्रममा उपस्थित उत्कृष्ठ सदस्यलाई ल्यापटप र फ्रिजका साथै लुगाधुने आधुनिक मेसिन तथा इन्डक्सन चुलोसमेत उपहार प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य