१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अशक्त वर्गको हेरचाह राज्यले गर्नुपर्छ’

२४ पुष २०७८, शनिबार १२:५८

पुस २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन्। समाजवादी अपांग संगठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए।

उनले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गरे।

उनले भने, ‘मेचीदेखि महाकालीसम्म आफ्नो पार्टी प्रकाशपुञ्जका रूपमा फैलिएको छ, जनताको सेवासुविधामा क्रियाशील रहेर समाज परिवर्तन गर्न सकिन्छ।’ मानवीयताको चरित्र कम्युनिष्ट विचारमा आबद्ध सबैले राख्नुपर्ने धारणा राख्दै उनले पवित्र भावना लिएर पार्टीमा आबद्ध हुन सबैलाई आग्रह गरे।

पार्टीको अपांगता फाँटका इन्चार्ज वीरेन्द्रराज पोखरेल, अनुशासन आयोगका सदस्य बालकृष्ण गैरेले अपांगता अधिकारका साथै उनीहरुलाई सवलीकरण गर्ने सम्बन्धमा धारणा राखे। सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी रामप्रसाद ढुंगानाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव