२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

२५ पुष २०७८, आईतवार ०७:४६

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चा (राजमो)ले ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको दिएको सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

कार्यक्रममा मोदीले मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए। केसीले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम रोक्न मागसमेत गरेका छन्। भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा उनले घोर विरोध गरेका छन्। नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न उनले माग गरे।

‘गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तर्गत लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन पनि गरेको थिए। भारतको उक्त हेपाहा कार्यको विरुद्ध देशव्यापी रुपमा जनता सडकमा उत्रेका थिए। भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी नेपालको अनुमतिविना गरिएको निर्माण कार्यको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी नै राखेको थियो। तात्कालीन अवस्थामा नेपाल सरकारबाट पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव