२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्च अदालतमा रिट

२५ पुष २०७८, आईतवार १०:१७

पुस २५, काठमाडौँ | सर्वोच्च अदालत परिसरमा जारी आन्दोलन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्च प्रशाशनका अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ। कानून मन्त्रालय, सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनलाई विषक्षी बनाई दायर गरेको रिटमा नेपाल बारले दैनिक ११ बजेदेखि १२ बजेसम्म ईजलासमा कुनै पनि काम कारवाही नगर्नु भनी गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी अदालतको सुनुवाई प्रक्रिया १०ः३० देखि नै सुचालु गर्न विपक्षीको नाममा परमादेश माग गरिएको छ।

रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भन्दै परिसर भित्र कुनै प्रकारको आन्दोलन, विरोधसभा, धर्ना नारा लगायतका कुनै पनि कार्यक्रम नगर्न, नेपाल बार भित्र गैर कानूनी रुपमा टाँगीएको प्रधानन्यायाधीश विरुद्धको तुल हटाउन र तोकीएकै समय भित्र ईजलासका सम्पूर्ण काम कारवाही सुचालु गर्न समेत अन्तरिम आदेशको माग गरिएको छ। यस्तै सर्वोच्च अदालत परिसर भित्र कुुनै प्रकारको आन्दोलनको नाममा जुलुस, नारा, विरोधसभा एवं धर्ना लगाएतका कार्य नगर्न र अदालतलाई शान्ति क्षेत्रको रुपमा कायम गर्न पनि परमादेशको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव