२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमसीसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो’

२५ पुष २०७८, आईतवार १०:३१

पुस २५, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले यथास्थितिमा आफ्नो पार्टी कुनै निर्वाचनमा सहभागी नहुने बताएका छन्। नेपालगन्जमा आइतबार पत्रकार भेटघाटका क्रममा बास्तोलाले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्क्योल गरिने प्रष्ट्याए। ‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा दलाल र पुँजीवादीसँग हामी चुनावमा भाग लिँदैनौं,’ उनले भने।

आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए। ‘हामीले के भनेका छौं भने जनमत संग्रहको निर्वाचन गरौं, प्रगतिशील राज्य प्रणाली निर्क्योल गरौं, नेताहरू चुनिएर जानुपर्छ, गाउँको पनि चुनाव गर्नुपर्छ, प्रदेशको पनि चुनाव गर्नुपर्छ, भोलि केन्द्रको होला, सरकार चाही चुनावबाटै गराउनु पर्छ,’ उनले थपे। सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा उठेका कुनै पनि कुराको विषयमा जनमत संग्रहबाट निर्क्योल गरिनुपर्ने बताए। तर, जनताले राजतन्त्र अन्त्य गरिसकेकाले त्यो माग नगर्ने विश्वास गरे। आगामी चुनावमा पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा आसन्न पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्ने बताए।

पछिल्लो चरणमा नेपालमा अत्यन्तै ठूलो खतरा पैदा भएको बताउँदै नेता बास्तोलाले अमेरिकाले एमसीसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रूपमा कब्जा गर्न खोजेको जिकिर गरे। ‘एमसीसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो, नेपालको राष्ट्रलाई अमेरिकाको प्रान्तको रूपमा कब्जा गर्ने यो खालको षडयन्त्र एमसीसीमार्फत भइराखेको छ,’ पार्टीका विदेश विभाग इन्चार्ज समेत रहेका बास्तोलाले भने, ‘एमसीसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ।’

नेपाल नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान एमसीसीमा राखिएको उनको दाबी छ। अर्को प्रसंगमा उनले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएको गुनासो गरेका छन्। ‘तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति मध्ये हाम्रो पार्टीमाथिको प्रतिबन्ध चाही हटाइयो, तर अझै पनि मुद्दा फिर्ता गरिएको छैन, बन्दीहरुलाई रिहाइ गरिएको छैन,’ नेता बास्तोलाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव