२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमसीसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो’

२०७८, २५ पुष आईतवार १०:३१

पुस २५, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले यथास्थितिमा आफ्नो पार्टी कुनै निर्वाचनमा सहभागी नहुने बताएका छन्। नेपालगन्जमा आइतबार पत्रकार भेटघाटका क्रममा बास्तोलाले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्क्योल गरिने प्रष्ट्याए। ‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा दलाल र पुँजीवादीसँग हामी चुनावमा भाग लिँदैनौं,’ उनले भने।

आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए। ‘हामीले के भनेका छौं भने जनमत संग्रहको निर्वाचन गरौं, प्रगतिशील राज्य प्रणाली निर्क्योल गरौं, नेताहरू चुनिएर जानुपर्छ, गाउँको पनि चुनाव गर्नुपर्छ, प्रदेशको पनि चुनाव गर्नुपर्छ, भोलि केन्द्रको होला, सरकार चाही चुनावबाटै गराउनु पर्छ,’ उनले थपे। सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा उठेका कुनै पनि कुराको विषयमा जनमत संग्रहबाट निर्क्योल गरिनुपर्ने बताए। तर, जनताले राजतन्त्र अन्त्य गरिसकेकाले त्यो माग नगर्ने विश्वास गरे। आगामी चुनावमा पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा आसन्न पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्ने बताए।

पछिल्लो चरणमा नेपालमा अत्यन्तै ठूलो खतरा पैदा भएको बताउँदै नेता बास्तोलाले अमेरिकाले एमसीसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रूपमा कब्जा गर्न खोजेको जिकिर गरे। ‘एमसीसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो, नेपालको राष्ट्रलाई अमेरिकाको प्रान्तको रूपमा कब्जा गर्ने यो खालको षडयन्त्र एमसीसीमार्फत भइराखेको छ,’ पार्टीका विदेश विभाग इन्चार्ज समेत रहेका बास्तोलाले भने, ‘एमसीसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ।’

नेपाल नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान एमसीसीमा राखिएको उनको दाबी छ। अर्को प्रसंगमा उनले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएको गुनासो गरेका छन्। ‘तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति मध्ये हाम्रो पार्टीमाथिको प्रतिबन्ध चाही हटाइयो, तर अझै पनि मुद्दा फिर्ता गरिएको छैन, बन्दीहरुलाई रिहाइ गरिएको छैन,’ नेता बास्तोलाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित