२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहको एउटा कदमले नेपालको उत्तरी सीमामा झण्डै पुगेको थियाे अमेरिकी सेना

२८ पुष २०७८, बुधबार ०७:५४

पुस २८, काठमाडौँ | नेपालको उत्तरी सीमामा अमेरिकी सेनालाई दिन लागिएको पहुँच अन्तिममा आएर रद्द गरिएको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान लिने/नलिने अन्योलबीच तीव्र विवाद चलिरहँदा अमेरिकी सेनाको उत्तरी सीमामा पहुँच राख्ने प्रस्ताव नेपाल सरकारले इन्कार गरिदिएको हो । 

अमेरिकी सेनाले सशस्त्र प्रहरी बललाई ड्रोनसम्बन्धी तालिम दिने नाममा उत्तरी सीमामा पहुँच राख्ने प्रयास गरेको थियो । जसलाई सरकारले अन्तिममा अस्वीकार गरिदियाे । 

स्रोतका अनुसार, उक्त तालिम सञ्चालन गर्न अमेरिकी सेनाले गरेको प्रस्तावमा नेपालको गृह मन्त्रालयले सहमति जनाएको थियो । दुई देशबीच एउटा ड्रोनलाई २० किलोमिटरसम्मको दूरीमा उडाउने योजना थियो । तालिम १० जनवरीका लागि तय थियाे । 

गृहबाट यससम्बन्धी जानकारी पाएपछि सशस्त्रले पोखरा तालिमस्थल प्रयोग गर्ने तयारी गरेको थियो । सीमामा तालिम गर्दा अमेरिकी ड्रोन चीन पुग्ने भएकाले यस्तो चलाखी गरिएको बताइन्छ । 

तालिमका लागि अमेरिकी सेनाले तयारी थालिसकेकाे थियाे ।

जानकारहरूका अनुसार,  यसलाई अनावश्यक रूपमा चीनसँग जोडेर हेरिने भयका कारणा रोक्ने निर्णय गरिएकाे हाे ।

स्रोतका अनुसार, यसबारे जानकारी पाएपछि परराष्ट्र मन्त्रालयले गृहलाई तालिम नगर्न पत्राचार गरेको थियो । परराष्ट्रको पत्राचारलगत्तै गृहले त्यसलाई स्थगित गरेको हो । तथापि, गृह मन्त्रालयका अधिकारी भने अहिले पनि तालिम उपयोगी भएको तर्क गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव