१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण रातारात सारियो प्रतिनिधि सभा बैठक

१७ माघ २०७८, सोमबार ०३:०१

माघ १७, काठमाडौँ | चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर हारिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि सूचना प्रायः कार्यालय समयमा नै जारी गरिन्छ । नभए अर्को सदन बिहानै सूचना जारी गरिन्छ ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसदबाट पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ । तत्काल एमसीसी संसदमा पेस गर्न नहुने अडानपछि प्रतिनिधि सभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ । 

- आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार