२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताको भरोसालाई टुट्न दिने छैन’ – श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

२०७८, २२ फाल्गुन आईतवार ०२:५२

फागुन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।

“नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् ।  आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।”

 श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उहाँले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताउनुभयो । “ जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु । मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु ।”कार्यक्रममा नेवाः देय दवुका नेताहरु शङ्करनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

शव ल्याउन श्रममन्त्रीको पहल

तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उहाँको यही फागुन १७ गते मृत्यु भएको हो । 

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उहाँको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।  अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गर्नुभएको छ । शनिबार मृतकको घरमै पुगेर उहाँले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति