२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा गाउँपालिका कमिटी उपाध्यक्ष सहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश

२०७८, २४ फाल्गुन मंगलवार ११:४०

फागुन २४, ‌बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई प्रवेश गराइयो ।

गाउँपालिका कमिटी सचिव कमल भुलका अनुसार उपाध्यक्ष कार्कीको नेतृत्वमा ४२ जना, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सल्लाहकार अकबरको नेतृत्वमा १८ जना, नेविसंघ दोगडाकेदारका अध्यक्ष केशवराज जोशीको नेतृत्वमा २२ जना, युवाउद्यमी सुरेन्द्र भाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बहादुर सिंह भाट, समाजसेवी हर्कबहादुर चन्दलगायत छन् ।

एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह इन्चार्ज लीलाधर भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी, जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला उपाध्यक्ष रमिल बमलगायतले स्वागत गरे ।

यसअघि बैतडीमै ३ वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा