१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा गाउँपालिका कमिटी उपाध्यक्ष सहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश

२४ फाल्गुन २०७८, मंगलवार ११:४०

फागुन २४, ‌बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई प्रवेश गराइयो ।

गाउँपालिका कमिटी सचिव कमल भुलका अनुसार उपाध्यक्ष कार्कीको नेतृत्वमा ४२ जना, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सल्लाहकार अकबरको नेतृत्वमा १८ जना, नेविसंघ दोगडाकेदारका अध्यक्ष केशवराज जोशीको नेतृत्वमा २२ जना, युवाउद्यमी सुरेन्द्र भाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बहादुर सिंह भाट, समाजसेवी हर्कबहादुर चन्दलगायत छन् ।

एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह इन्चार्ज लीलाधर भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी, जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला उपाध्यक्ष रमिल बमलगायतले स्वागत गरे ।

यसअघि बैतडीमै ३ वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार