२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका सबै स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय

२०७८, १९ चैत्र शनिबार ०५:३०

चैत १९, उदयपुर । उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएकाे हाे । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । 

नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जा मगर, कैलाश राईसहितको उपस्थितिमा चुनावी तालमेल गर्ने निर्णय भएकाे हाे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष पोखरेलले भने, ‘पाँच दलबीच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरूबाट आ–आफ्नो पार्टीको वस्तुगत स्थिति समीक्षाको साथै प्रारम्भिक छलफल भएको छ ।' आगामी २६ मा बस्ने बैठकले प्राविधिक सहमति जुटाउने र उम्मेदवारी बाँडफाँट हुने नेकपा माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले जनाएको छ ।

अघिल्लो निर्वाचनमा आठ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको थियो । एक एक पालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसले जितेका थिए । बेलका नगरपालिकामा पनि नेपाली कांग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति