१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेः ललितपुरपछि मेयर/उपमेयर सिफारिस गर्ने विराटनगर दोस्रो महानगरपालिका

२७ चैत्र २०७८, आईतवार ०३:५६

चैत २७, काठमाडौं । ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरेलगत्तै विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको दोस्रो महानगरपालिका कमिटी भएको छ ।  

नेकपा एमालेका केन्द्रिय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज ब्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित भएका थिए, उनलाई पुनः ललितपुरमा सिफारिस गरिएलगत्तै विराटनगरले मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

गत शनिबार अबेरसम्म बसेको महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रिय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पुर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा ५ जना सिफारिस भएका हुन । 

ललितपुरका उपमेयरमा आस्था शाक्य र सरस्वती खडका आंकक्षी देखिएका छन भने बिराटनगरमा अञ्जु उपाध्याय, बिमला घिमिरे, शिल्पा कार्कीको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरिएको छ । महानगरका मेयर र उपमेयर भने एमाले केन्द्रिय कार्यालयले तय गर्ने निर्णय यसअघि नै भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल