१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेस पार्टी कार्यालयमा बिपीको शालिक स्थापना

२८ चैत्र २०७८, सोमबार ०३:१६

चैत्र २८, खोटाङ | नेपाली कांग्रेस खोटाङको कार्यालयमा बिपी कोइरालाको शालिक स्थापना गरिएको छ ।

कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित बिपि स्मृति भवनमा बिपीको अर्धकद्को शालिक स्थापना गरिएको हो ।

कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको बिपीको शालिक "घर–घर जाऔं कांग्रेस जिताऔं" अभियान अन्तरगत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् । 

कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा बिपीको शालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिषरमा स्थापना गरिएको हो । शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार