१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइनः नेता महर

२ बैशाख २०७९, शुक्रबार ०६:४०

वैशाख २, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीयस्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन्।

बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

'गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। मन बन्धन भएन भने गठबन्धनको औचित्य हुँदैन। मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने। उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन्।

'प्रत्येक पार्टीको अस्थित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। बैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।

गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले बताएका छन्। कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भुल्न नसकेको उनले बताए।

'अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौं। ओलीले जस्तो एकजना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौं। काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छौं। ओलीको भ्रमको खेती अहिले उदाङ्‍गो भइसक्यो,’ महरले भने।

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए। देशमा राजनीतिक अस्थिरता नहोस भनेर आफूहरू गठबन्धन गरेर घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार