१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

३ बैशाख २०७९, शनिबार ११:५४

 वैशाख ३, धनगढी | केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेत गर्ने सहमति गरेको छ ।

कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सहभागि हुने भएको छ ।

सत्तारुढ गठनब्नधले सुदूरपश्चिम सरकारमा सहभागी नगराएपछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर अन्य साना दलसँग चुनावी तालमेल गर्नेगरी सहमति भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।

'उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठूला दलले रजाई गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौं, अब अधिकारका लागि संघर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ ।

सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२  स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठस्ला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए । 

चुनावका लागि गरिएको चार दलीय गठबन्धनले ठुला दलसँग पनि जिल्लामा आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने नेपाल लोकतान्त्रिक पार्टी कैलालीका संयोजक लक्ष्मण चौधरीले बताए । ‘तालमेलका लागि एमालेलगायत ठस्ला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’

विगतमा आफ्ना अधिकारका लागिसँगै लडेका साना पार्टीबीच तालमेल गर्दै ठुला दललाई चुनौति दिइने उनले बताए । तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जस्ले नेतृत्व पाउँछ उसैको चुनास चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार