२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शुक्लागण्डकीमा माओवादीले पूर्व मन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने

२०७९, ३ बैशाख शनिबार १७:३५

वैशाख ३, तनहुँ । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेश सभा सदस्य हुन् । 

गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौं । उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नुपर्ने उनको भनाई छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।

कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीसमेत पाएकी थिइन् । पार्टीले आवश्यकता महसुस गर्दै उम्मेदवार बनाउन गरेको निर्णय आफूले सहर्ष स्विकारेको कोइरालाको प्रतिक्रिया छ ।‘आवश्यकता बोध गरेर पार्टीले शुक्लागण्डकीको मेयरमा सिफारिस गरेको छ । नगर कमिटीले गरेको निर्णय स्वागतयोग्य छ’, उनले भनिन् । 

माओवादी केन्द्रले गठबन्धनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको बन्दीपुर गाउँपालिकासँगै जिल्लाको शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख पदमा दाबी गरिरहेको जनाइएको छ । आँबुखैरेनीमा भने अघिल्लो पटक अध्यक्ष उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति