२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने

२०७९, ६ बैशाख मंगलवार १४:१९

वैशाख ६, काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी) पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् । 

नेकपा एसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एसले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ । 

भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणापत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।  


‘स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो  कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्,’ घोषणापत्रमा लेखिएको छ ।

नेकपा एसका जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन्,’ नेकपा एसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति