१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाखमा शक्ति प्रदर्शन

८ बैशाख २०७९, बिहीबार १०:१९

 वैशाख ८, काठमाडौं | पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो। 

सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। 

जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।

यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार