१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : प्रकाशमान सिंह

१० बैशाख २०७९, शनिबार ०६:३७

वैशाख १०, काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् ।

"आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति काँग्रेसले मात्र गर्नसक्छ," उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई आग्रह समेत गरे ।

नेता सिंहले संसदमा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार