१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

१० बैशाख २०७९, शनिबार ०८:३५

 वैशाख १०, सिन्धुपाल्चोक | नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलिय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिदा गठबन्धननै कमजोर बन्न पुगेको हो । 

कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रैै दिन सकिने अडान राखेको छ । 

कांग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् । 

सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।

पटक पटकको वार्ता उपलब्धिविहीन हुनुको दोष कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर वस्नेत रहेको माओवादीका नेताहरूकोआरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार