१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँः बालेन शाह

११ बैशाख २०७९, आईतवार ०९:३३

वैशाख ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा -यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । 

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’ 

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए ।  उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए । 

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने । 

शाहले काठमाडौंको मेयरमा आफूले  ९० हजार ८३५ मतले जित्ने दाबी दोहो-याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई  मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौं ।  दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’  

मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’ 

काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल