१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

टिकट नपाएपछि धनुषामा दल बदल श्रृंखला, प्रवेश गरेको एक सातामै जानकीराम साहद्वारा एमाले परित्याग

१२ बैशाख २०७९, सोमबार ०८:००

वैशाख १२, जनकपुरधाम | धनुषामा पालिका प्रमुख टिकट नपाएपछि दल बदल खेल अझै जारी छ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर एक हप्ताअघि   एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गरेको हुन् । उनी स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् । 

जनकपुर– ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए ।  उनलाई एमाले अध्यक्ष केपी ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।

त्यसैगरी,  कांग्रेसबाट विदेह नगरपालिकाको मेयरमा टिकट पाउने आशमा वरिष्ठ प्रहरी उपरीक्षकबाट राजीनामा दिएका गोविन्द साह टिकट नपाउने देखेपछि स्वतन्त्र उम्मेदवारी तिने तयारीमा छन् ।

जसपाबाट टिकट नपाउने देखेपछि गणेशमान सिंह चारनाथ नगरपालिका मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार