१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न– नेताको श्रीमती हुँदा सहज रूपमा टिकट पाउनुभएको हो ?

१२ बैशाख २०७९, सोमबार १२:३६

वैशाख १२, काठमाडौँ | नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । तर, उनले आफु प्रकाशमानसिंहको पत्नी नभई राजनीतिक योगदानको आधारमा टिकट पाएको दाबी गरिन् । 

राष्ट्रियसभा गृहमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि उनले आफुले पार्टीमा ठूलो योगदान गरेको बताइन् । नेताको पत्नी भएकाले तपाईले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमानसिंह बुहारी, प्रकाशमानसिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन् । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’

‘देशमा प्रजातन्त्र ल्याउन धेरै संघर्ष गरेको उनले स्मरण गराईन् । देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै संघर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमानढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन् । तर, कुनै पनि पदमा बसिन् । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिईन् । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिइन् ।’ 

                                                   

भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

उनीमाथि १४ औं महाधिवेशनमा प्रकाशमानसिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् । 

‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पु¥याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार