२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

१३ बैशाख २०७९, मंगलवार ०१:४५

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । 

निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे ।

याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे । 

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयर: ३ हजार २६१

अध्यक्ष: ३ हजार २५४

उपमेयर:  २ हजार ३

उपाध्यक्ष: २ हजार २९२

वडाध्यक्ष: ३२ हजार ५९

महिला सदस्य: २३ हजार ३ सय ७५

दलित महिला सदस्य: २१ हजार ११५

सदस्य:  ४८ हजार ९१०

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो