२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङका १५ जनप्रतिनिधि निर्विराेध

२०७९, १३ बैशाख मंगलवार ०२:११

वैशाख १३, लमजुङ । मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन्। ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विराेध बनेका हुन् । यद्यपि, निर्वाचन आयाेगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविराेध सकिएपछि मात्र निर्विराेध घाेषणा गर्नेछ ।

चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेरदवारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका- १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

साे वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बने ।

नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए ।

मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए। निस्याङ गाउँपालिका-३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङकाे वडाध्यक्षमा एकल उम्मेदवारी परेकाे छ ।  साेही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीकाे एकल उम्मेदवारी परेकाे छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना