२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दोस्राे कार्यकालका लागि मैदानमा उत्रिए अर्घाखाँचीका चार अनुहार

२०७९, १३ बैशाख मंगलवार ०२:५९

हरिप्रसाद भुसाल । वैशाख १३, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहाेल तीव्र बनेको छ । सत्तापक्षीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ । 

६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा अघिल्लाे पटक नेतृत्व गरिसकेका चार जनप्रतिनिधि राजिनामा दिएर फेरि उम्मेदवार बनेका छन् ।


१. रेशम थापा : थापाले भूमिकास्थान नगरपालिका मेयरमा एमालेबाट उम्मेदवारी दिएका छन् । अघिल्लाे पटक कांग्रेसको सहयोगमा माओवादी केन्द्रबाट मेयर बनेका थापालाई यो पटक एमालेले उम्मेदवार बनाएकाे हाे । उनले यो पटक गठबन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने छ ।

२. अच्युत गौतम : पाणिनी गाउँपालिका अध्यक्ष बनिसकेका गाैतमले फेरि उम्मेदवारी दिएका छन् । कांग्रेसका जिल्ला सचिवसमेत रहेका गौतमले यो पटक एमालेका नेता टेकराज न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

३. टीका रेश्मी : शितगंगा नगरपालिका उपमेयर बनिसकेका रेश्मी नेकपा माओवादीबाट फेरि उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका तत्कालीन नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहितका नेताले एमाले रोज्दा रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुन: टिकट दिएकाे हाे । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गीता भाटसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

४. लक्ष्मी गौतम : एमालेबाट फाणिनी गाउँपालिकामा निर्वाचित भई एक कार्यकाल पूरा गरेकी गौगमले दोस्रो कार्यकालका लागि पनि पुन: उम्मेदवार बनेकी छन् । उनी अघिल्लाे  पटक एमालेबाट उपाध्यक्ष बनेकी थिइन् ।

तर, उनले बीचमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुँदै काँग्रेस प्रवेश गरेकी थिइन् । अहिले गौतमलाई कांग्रेसले दोस्रो कार्यकालका लागि उपाध्यक्षमा टिकट दिएको हो । गौतमले एमालेकी नेतृ नर्मदा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना