२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन : गण्डकीमा टिकट एउटालाई, मनोनयन अर्कैको

२०७९, १३ बैशाख मंगलवार ०६:५६

वैशाख १३, पोखरा | आउँदो ५ वर्षका लागि सोमबार स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन हुँदै थियो । राजनीतिक पार्टीहरूले ढिलो गरी उम्मेद्वार टुंग्याए । विशेषगरी गठबन्धन दलहरूमा उम्मेद्वार टुंग्याउन समय लाग्यो । मनोनयनको केही घण्टाअघि मात्रै टिकट वितरण गरेको कांग्रेसमा उम्मेद्वार चयन प्रक्रिया राम्रो नहुँदा तल्लो तहमा समस्या आयो ।

एमालेका उम्मेद्वारसमेत मनोनयनको केही समयअघि मात्रै टुंगिएका हुन् । शनिबार पोखरा महानरपालिकाको मेयरमा एमालेले दीपक पौडेललाई टिकट दिइयो । आफ्नै पार्टीका कार्यकर्ताहरूले पूरानो भिडिओहरू निकालेर बद्नाम गरे । सोमबार उनको टिकट खोसेर प्रदेश सांसद कृष्ण थापालाई दिइयो । उम्मेद्वारी दर्ताको तयारी गरिरहेका पौडेल थापाको र्‍यालीमा हिँडे ।

कांग्रेसले पोखराको उपमेयरमा सोमबार बिहान सुरेन्द्रमान विजुक्छेलाई टिकट दिइयो । मनोनयनका लागि गठबन्धनका उम्मेद्वारहरू र्‍यालीमा निस्किए । विजुक्छे घरबाट निस्किनै लाग्दा टिकट खोसियो र कोपिला रानाभाटलाई दिइयो । गठबन्धनबाट मेयरको टिकट पाएका धनराज आचार्य कांग्रेस र माओवादीका नेतासहित मनोनयन स्थलमा पुगिसक्दा कोपिला भने घरमा कपडा फेर्दै थिइँन् । उनी धनराजले दर्ता प्रक्रिया सुरु गरिसकेपछि हस्याङ फस्याङ गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगिन् ।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस कास्कीले अध्यक्षमा आनन्द सुवेदीलाई टिकट दियो । उपाध्यक्षमा अप्सरा श्रेष्ठ उठ्ने भइन् । टिकट लिएर उनीहरू मनोनयनका लागि पालिका गए । तर, कांग्रेस कार्यकर्ताले बाटो छेकेर भित्र पस्नै दिएनन् । उनीहरूको चाहना आनन्दले टिकट नपाउन् भन्ने थियो । कांग्रेस रुपाका नेता कार्यकर्ताहरूले आनन्दलाई अघिल्लो चुनावमा कांग्रेस हराएको आरोप लगाएका छन् । त्यसो त उनी लगायत आठजनाले कांग्रेस उम्मेद्वारको विरुद्ध अभियान नै चलाए । मिडियाबाजी गरे, बक्तब्य निकाले । पछि पार्टीमा कारबाहीको लागि सिफारिस भयो, तर कारबाही भएन ।

अघिल्लो पटकको उम्मेदवार प्रकाश मोहन खनाल विरुद्धको गतिविधिको नेतृत्व उनै सुवेदीले गरेका थिए । अहिले कांग्रेसले सुवेदीलाई उल्टै टिकट थमाएर पठायो, त्यसको प्रतिक्रिया राम्रो आएन । मनोनयन स्थलमा घण्टौं कुरेपछि पनि भित्र छिर्न नपाएपछि कांग्रेस कास्कीले केन्द्रमा उम्मेद्वार फेरिदिन सिफारिस पठायो । केन्द्रीय समितिले सुवेदी र श्रेष्ठको ठाउँमा नयाँ उम्मेद्वारलाई टिकट दियो । अघिल्लो चुनावमा उपाध्यक्ष पराजित गीमाया गुरुङलाई अध्यक्षको टिकट दियो भने नारायण श्रेष्ठलाई उपाध्यक्षमा पठायो । उनीहरुले ढिलो गरी मनोनयन दर्ता गरे ।

गोरखाको गोरखा नगरपालिकामा मेयरको टिकट विश्वदेव श्रेष्ठले पाए । कांग्रेस गण्डकी प्रदेशले श्रेष्ठलाई टिकट दिएपछि उनी टिकट लिएर जिल्ला गए । मनोनयनका लागि फोटो खिच्न स्टुडियो छिरेका श्रेष्ठलाई कार्यकर्ताले भित्रै कुटपिट गरे । उनको टिकटको विरुद्धमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भयो । घटना नियन्त्रणबाहिर जाने सम्भावना बढेपछि कांग्रेस केन्द्रले टिकट फेरिदियो । उनीबाट खोसेर हालकै मेयर राजनराज पन्तलाई टिकट दिइयो । त्यसो त, श्रेष्ठ मतदातामाझ खासै चिनिएका अनुहार होइनन् । पन्त अघिल्लो चुनावमा भारी मतान्तरले जितेका व्यक्ति हुन् ।

मनाङको नार्पाभूमिमा भने फरक घटना भयो । राजनीतिक पार्टीहरूले एउटामा टिकट दिए, उम्मेद्वारहरू अर्कै पदमा उठे । एमालेले पालिका अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएकोमा उनले पार्टीको टिकट लुकाएर स्वतन्त्र रुपमै उपाध्यक्षमा उम्मेद्वारी हाले । ज्याप्ले नार्पाभूमिको निर्विरोध उपाध्यक्षमा चुनिएका छन् । कांग्रेसले कृष्णबहादुर लामालाई उपाध्यक्षको टिकट थमायो । उनी पालिका पुगेर अध्यक्षमा उम्मेद्वारी हाले । कांग्रेसबाट अध्यक्षमा हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामाले टिकट पाएका थिए । कृष्णले स्वतन्त्र उम्मेद्वारी दिएपछि त्यहाँ कांग्रेस–कांग्रेसबीच मै प्रतिस्पर्धा हुने भएको छ ।

यद्यपी, एमाले समर्थित अर्का उम्मेद्वार पनि छन् । उनी पनि स्वतन्त्र उम्मेद्वार बनेका हुन् । नार र फू गाउँमध्ये बढी जनसंख्या र मतदाता नारमा छ । कृष्णबहादुर नारका हुन् भने कोन्जो फूका हुन् । यहाँ दलीयभन्दा पनि भेगीय राजनीति बढी छ । अरु धेरै पालिकाहरुमा पनि सबैजसो पार्टीबाट उम्मेद्वारी विवादित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना