१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले डा. केशरजंगसँग दाँजे प्रचण्ड र नेपाललाई

१३ बैशाख २०७९, मंगलवार ०७:५३

वैशाख १३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् ।

रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।

‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा. केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भने । 

पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव भएका थिए । तर, उनी चीन जाँदा डा. रायमाझीले यता नेपालमा पार्टी कब्जा गरेका थिए ।

सोही प्रसङ्ग जोड्दै ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको आरोप लगाएका हुन् ।  

यस्तै, ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।  उनले भने– ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार