१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनरुपमा एमालेले अर्कै उपमेयरमा उम्मेदवार खडा गरेको आरोप

१३ बैशाख २०७९, मंगलवार ११:४७

वैशाख १३, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गरी अर्कै उम्मेदवार खडा गरेको भन्दै अन्य दलले आपत्ति जनाएका छन् ।

एमालेबाट उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले मनोनयन दर्ता गराए पनि रातारात उनको फाइल हटाएर निर्वाचनमा खटिएका कर्मचारीले अर्कैको नाम बाहिर ल्याएको अन्य दलहरूको आरोप छ ।

उपमेयर पदमा मनोनयन दाखिला गरेकी असराको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थाहा पाएपछि निर्वाचन अधिकृत हिमालय बरालले एमाले नेताको निर्देशनमा मध्य रातमा उम्मेदवार परिवर्तन गरेको अन्य दलका उपमेयरका उम्मेदवारले आरोप लगाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसकी मुना पोखरेल, नेकपा माओवादी केन्द्रकी बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपा नेपालकी कल्पना चौधरी, नेकपा एकीकृत समाजवादीकी होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

निवेदनमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा कञ्चनरुप नगरपालिकाको उम्मेदवारी दाखिला गर्ने विषयमा निर्वाचन कार्यालयले मध्यरातमा उम्मेदवारी परिवर्तन गरेको उल्लेख छ । एमाले उपमेयरको उम्मेदवारको रूपमा असरादेवी चौधरीले समय सीमाभित्र मनोनयन दाखिला गरेको तर उनको उम्मेदवारी बदर हुने अवस्था देखेपछि निर्वाचन कार्यालयले एमाले नेतालाई सूचित गरी मध्यरातमा फाइल नै परिवर्तन गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सूचीमा राखेको आरोप छ ।

निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ । माग पूरा नभए कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनी उनीहरूको चेतावनी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार