१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी

१४ बैशाख २०७९, बुधबार ०६:०६

वैशाख १४, बुटवल | रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ ।

बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै  स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई  उम्मेदवार बनाएकाे छ ।

धेरैजसाे पालिकामा गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिइएको एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए । समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको गुरुङले जानकारी दिए ।

तर, गठबन्धनमा आवद्ध अन्य दलले भने समाजवादीले हैसियत भन्दा बढी माग गरेकाले मिलेर जाने अवस्था नभएको बताएका छन् । समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा महिला उम्मेदवार उठाएको छ ।

नगरप्रमुखमा आशाकुमारी चौधरी र उपप्रमुखमा सन्जिव भण्डारीले उम्मेदवारी दिएका हुन् । देवदह नगरपालिका प्रमुखमा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगर नगरपालिका प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।

समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कमुार शुक्ला, उपाध्यक्षमा पवित्राकुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशवकुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेद्वारी दर्ता गरेको जिल्ला सचिव अविराम विकले बताए ।

उनका अनुसार १६ वटै स्थानीय तहमा वडाध्यक्षसहित सदस्यको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार